रवि लामिछानेबारे छानबिन गर्न समिति नबने संसद चल्न नदिने कांग्रेसको निर्णय


काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ’  लेखकले भने ।

प्रतिक्रिया