डढेलो निभाउने क्रममा घाइते भएका अर्का सैनिकको पनि मृत्यु


डोल्पा- डोल्पामा डढेलो निभाउने क्रममा घाइते नेपाली सेनाका अर्का सिपाहीको मृत्यु भएको छ । घाइते भएका ३० वर्षीय आशिष बुढाकाे मृत्यु भएकाे हाे  ।

यसअघि देवीदत्त गुल्मका सिपाही जुम्लाको तातोपानी गाउँपालिका- ४ का २४ वर्षीय हेमन्त रावतकाे मृत्यु भइसकेकाे छ ।उनको उपचारका क्रममा डोल्पा अस्पतालमा मृत्यु भएको उनले बताए ।

जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा सोमबार दिउँसो देवीदत्त गुल्मका ४ जना सेना घाइते भएका थिए । घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।

घाइते भएका ३० वर्षीय विजय कोइराला र आशिष बुढालाई पहिलो चरणमा नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पा जिल्ला अस्पतालमै उपचाररत काभ्रे जिल्ला घर भएका ३८ वर्षीय जम्दार केशरबहादुर मगरको अवस्था चिन्ताजनक रहेको छ ।

वनमा आइतबार दिउँसोदेखि लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

प्रतिक्रिया