हत्या गरेको ४४ वर्षपछि पक्राउ परेका ७० वर्षीय धुनियाले अब १० वर्ष जेल बस्नुपर्ने


जनकपुरधाम-  हत्या गरेको ४४ वर्षपछि एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका १८ बरैरबोना बस्ने ७० वर्षीय ईस्लाम मिया धुनिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोप्य सूचनाको आधारमा प्रहरीचौकी, लहानबाट खटिएको प्रहरी टोलीले मियालाई घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

२०३६ साल कार्तिक ९ गतेका दिन लहान २४ बस्ने खट्टर चौधरीको हत्या गरेको भन्दै जिल्ला अदालत, सिरहाले २०४२ साल पुस १० गते ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद तोकेको थियो । मियालाई पक्राउ गरी सिरहा जिल्ला अदालतमा पेस गरी अदालतको आदेशअनुसार कैद भुक्तानको लागि सिरहा कारागारमा चलान गरिएको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया