

दीपक मनाङ्गेसहित एमालेले गर्यो गण्डकी प्रदेशमा सरकार गठनको प्रस्ताव

पोखरा – गण्डकी प्रदेशमा नेकपा एमालेका नेता खगराज अधिकारीले सरकार गठन गर्न दावी पेस गरेका छन् ।
एमाले नेता अधिकारीले एमालेसहित माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् ।
सभामुखको समेत संख्या समेटेर गरिएको दाबीमा एमालेका २२, माओवादीका ८ र मनाङेसमेत ३१ जनाको नामावलीका बहुमतका साथ दाबी पेश गरिएको हो ।
दलको सीट संख्याका आधारमा बहुमत पु¥याएर दावी पेस गरिएको अधिकारीले बताए ।
मनाङ्गेले समर्थन दिएर एमाले सरकार गठन भएको खण्डमा फेरि मन्त्री बन्नेछन् ।
यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।

