ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु


काठमाडौं- ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा  आगलागी भएको थियो ।  आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । शव जलेकोले पहिचान हुन नसकेको एसपी सुवेदीले बताए ।

 

प्रतिक्रिया