नेपाल पर्यटन बोर्डले माग्यो कार्यकारी प्रमुख


काठमाडौं- नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि आवेदन खुलाइएको छ । बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारबाट आवेदन मागिएको छ । आवेदनका लागि १२ दिनको समय दिइएको छ ।

पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया