

संसद सचिवालयमा पुग्याे एमाले र माओवादी केन्द्र अलग भएकाे आयोगको पत्र

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ । आयोगको सो पत्र सचिवालयमा दर्ता भएको हो ।
एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विभाजित रहेको जानकारी आयोगले गराए पनि दुवै दलका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण भिन्दै लहर बनाउनु नपरेको हो । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले मंगलबार नेकपा एमाले र माओवादी केन्द्र अलग(अलग भएको निणर्य गरेको थियो ।
सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नाम आफ्नो भन्दै दिएको रिटमा कट्टेलको पक्षमै फैसला गरिदिएको छ भने तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपालाई बदर गरिदिएको हो।

