गायक राजेश पायल राई पक्राउ


काठमाडौं — गायक राजेश पायल राई पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राजधानीको अनामनगर पछाडि धोबीखोला करिडोर नजिकैबाट पक्राउ गरिएको हो ।

मध्यरातमा मदिरा सेवन गरी होहल्ला गरिरहेका राइसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

प्रतिक्रिया