

राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार गठनमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको राप्रपाको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिनअघि राप्रपाको कार्यसम्पादन समितिले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।
यस्तै कुनै दललाई समर्थन दिनुपर्ने अवस्था आएमा सम्वन्धित प्रदेश कमिटीसँग समन्वय गरी अध्यक्षले निर्णय लिन सक्ने भनिएको थियो । आज बसेको पदाधिकारी बैठकले भने सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय लिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशमा पुरानो र नयाँ सत्ता गठबन्धनले राप्रपाको साथ खोजिरहेका छन् । तर, कुनै पनि प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
कुनै प्रदेशमा कांग्रेसलाई सहयोग गर्नुपर्ने अवस्था आए सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरेर अध्यक्षले निर्णय लिन सक्ने उनको भनाइ छ ।

