आमा हत्या प्रकरणः आरोपी छोरालाई १० दिन म्याद थप


हेटौँडा- आमाको हत्या गरेको आरोपमा पक्राउ परेका २६ वर्षीय छोरा मिलन गमाललाई ज्यान सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आमाको घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको थियो । घरायसी विवादका कारण स्थानीय ज्ञानी माया गमलाको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

 

प्रतिक्रिया