नेपाल ‘ए’ले हार्यो टस, देव खनाल आउट


काठमाडौं – नेपाल ‘ए’ले अन्तिम टी-२० अभ्यास खेलमा आयरल्याण्ड वुल्भ्ससँग टस हारेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्याण्डका कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।

ब्याटिङ सुरू गरेको नेपालले पहिलो विकेटको रूपमा देव खनाललाई गुमाएको छ ।

नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ ।

दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो ।

प्रतिक्रिया