सुनकाे भाउमा फेरि नयाँ रेकर्ड


काठमाडाैं- नेपाली बजारमा सुनकाे भाउमा फेरि नयाँ रेकर्ड बनेकाे छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

यसअघि गएकाे शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेकाे थियाे ।

आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी १० रुपैयाँले बढेर १ हजार ५ सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

प्रतिक्रिया