‘गृहमन्त्रीज्यू सहकारी पीडितलाई आश्वासनको ललिपप खुवाएर घर पठाउनुभयो’


काठमाडौं- नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई सरकारले न्याय दिलाउन नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् ।

‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् ।

उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।

प्रतिक्रिया