

सरकार परिवर्तनबारे माओवादी केन्द्रको स्थायी कमिटीमा परेन एजेन्डा, कार्यकर्ता भेला एउटा निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्नेबारेको एजेन्डा प्र्रस्तुत गरिएको छैन।
सर्वोच्च अदालतलको फैसलापछि छुट्टिएका एमाले र माओवादी केन्द्र अलग भएका थिए। त्यसअनुसार पहिलो पटक स्थायी कमिटीको बैठक राखिए पनि त्यसमा सरकार परिवर्तनबारेको एजेन्डा नपरेको बताइएको छ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘यस विषयमा मेरो बोल्नु केही छैन।’
माओवादी केन्द्रले सरकारको समीकरणका निम्ति नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँग भने परामर्श गर्नेछ। उत्पन्न भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेसँग पनि छलफल हुने श्रेष्ठले बताए।

