

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बिहीबार भएको र प्रहरीले शुक्रबार जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ ।

