अब पशुपतिको श्लेषमान्तक वनमा शव गाड्न नपाइने


काठमाडाैं- सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै शव गाड्ने स्थानको पहिचान र सुनिश्चितता गर्न पनि आदेश गरेको छ ।

६ वर्षअघि अधिवक्ता दीपक विक्रम मिश्रले दायर गरेको रिट निवेदनमाथि अन्तिम आदेश सुनाउँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले श्लेषमान्तक वन क्षेत्रमा कंक्रिटको संरचना बनाएर गरिने दाहसंस्कारका लागि अन्य ठाउँ खोज्न भनेको हो ।

गत माघ ७ गते भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालसालै सार्वजनिक गरेको छ । सार्वजनिक पूर्ण पाठमा भनिएको छ, ‘लाश गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी यो आदेशको जानकारी पाएका मितिले बढीमा एक वर्षभित्र लाश गाड्नेसम्बन्धी स्थान सुनिश्चित र Re- locate गर्नू, उल्लिखित एक वर्षपछिदेखि श्लेषमान्तक वन क्षेत्रमा लाश गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू ।’

प्रतिक्रिया