एमाले र रास्वपामाथि गगनको कटाक्ष: ‘बा र भगवानलाई प्रश्न गर्नै नपाइने ?’


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको भन्दै कटाक्ष गरेका छन् । दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै उनले कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको बताए ।

‘एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि’ उनले भने- ‘‘नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान, भगवानलाई प्रश्न गर्न नपाउने, भगवान प्रश्न भन्दा माथि, भगवानले ठगे पनि हुने, भगवानले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ । तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौं ।’

 

प्रतिक्रिया