
चार्जिङ स्टेशनमा लगानी बढाउन कुलमानको आग्रह
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगानीकर्ताहरुलाई चार्जिङ स्टेशनमा लगानी बढाउन आग्रह गरेका छन् । बिहीवार काठमाडौँमा याडिया जि-६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो आह्वान गरेका हुन् ।
उनले अहिलेसम्म विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरुमा करिव ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताएका छन् । एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानीकर्ताहरुले आग्रह गरिरहेको घिसिङले बताए ।



कागजपत्र |
