

‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना ?’

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट बिएका विद्यार्थीका उत्तरपुस्तिका हराएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिराेध गरेका छन् । उनीहरूले उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न माग गरेको छन् ।
बिहीबार नेविसंघले पर्चासहित विरोध गरेको छ। विद्यार्थीले बिहीबार बिहान उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शन मा सहभागीहरूले शिक्षामन्त्री सुमना श्रेष्ठ मन्त्री बनेपछि पनि प्रश्न पत्रहरू हराउने पुरानो प्रवृतिले निरन्तरता पाएको बताएका छन् । उनीहरूले ,‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’,‘मन्त्री फेरिए, भिसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन’लगायतका प्लेकार्ड बाेकेका थिए ।
यस्तै त्रिवि जिल्ला अध्यक्ष समिरराज विष्टले पनि विज्ञप्ति जारी गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
स्नातक तह प्रथम वर्षको जनसंख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेसन अफ एजुकेसन ४१२’उत्तर पुस्तिका हराएको थियाे । उत्तरपुस्तिका हराएपछि पनिकाले पुन : चैत २१ गतेदेखि परीक्षा गर्ने तयारी थालेको छ ।

