

टी–२० विश्वकपमा इतिहास रच्न आतुर छौं : मोन्टी देसाई

काठमाडाैं- नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै खेलाडी नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।
आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले यस्तो धारणा राखेका हुन् ।
डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको प्रशिक्षक देसाईको भनाइ छ । पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने देसाईले बताए ।

