ब्राउन सुगरसहित निर्जला पक्राउ


काठमाडौं– दाङमा लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ निवासी रोल्पाको माडी गाउँपालिका ४ घर भएकी २१ बर्सिया निर्जला घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

निर्जलालाई घोराही उपमहानगरपालिका९१४ नयाबसपार्कस्थित सडकबाट अवैध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया