

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडाैं- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।
बिहीबार वर्षा नरोकिएपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
वर्षा नरोकिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पिच र आउटफिल्ड कभरले ढाकिएको छ । दुई टिमबीच टी-२० र एक दिवसीय सिरिजका तीन-तीन खेल हुने कार्यतालिका छ ।
यसअघि नेपालको राष्ट्रिय टिम र आयरल्यान्ड ‘ए’ बीच दुई खेल भएको थियो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २-० ले सिरिज जितेको थियो ।

