गृहमन्त्रीलाई रघुजी पन्तले सोधे – दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिएको ?


काठमाडौं-  नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार राख्ने अनुमती दिइएको विषयमा आपत्ति जनाएका छन् । आज  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिइयो ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

‘दुर्गा प्रसाईँलाई अत्याधुनिक स्तरको हतियार राख्न दिनु कति उपयुक्त हो ? आत्म सुरक्षाका लागि त सामान्य पेस्तोल हो । अत्याधुनिक अधिकार बोक्न दिने हो भने भोली कुनै घटना परिघटना आइपरेमा त्यसको जिम्मेवारी कसले लिन्छ ? उनले  साधे, ‘संसारको अभ्यासलाई पनि हेरौँ । कति जनलाई दिएको छ र के-कति हजार हतियार छ ? त्यस्ता व्यक्तिबाट हतियार फिर्ता लिनुपर्ने महसुस गर्नुभएको छ कि छैन ?’

प्रतिक्रिया