राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने


काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।

सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलाएपछि गृहमन्त्री लामिछाने बैठकमा उपस्थित भएका हुन्।

कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।

बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।

समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया