एमाले अध्यक्ष ओली भेट्न बालकोटमा विप्लव


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी छन् । अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चाको हाल विप्लव संयोजक छन् ।

प्रतिक्रिया