अब इसेवाको प्रयोग गरेर भारतीय नागरिकले नेपालमा रकम तिर्न सक्ने


काठमाडौं- अब इसेवाको प्रयोग गरेर भारतीय नागरिकले नेपालमा रकम तिर्न सक्ने भएका छन् । यो सुविधाबारे इसेवाले एक सूचनामार्फत जानकारी दिएको हो ।

कम्पनीका अनुसार इसेवाबाट फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमा जोडिएका नेपाली व्यवसायीहरुले अब भारतीय पर्यटकहरुसँग नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) मार्फत सिधै इसेवाबाट प्रदान हुने फोनपे क्यूआरमा भुक्तानी पाउन सक्नेछन् ।

भारतीय पर्यटकहरुबाट फोनपे, भीम एप र गुगल पेबाट भुक्तानी पाउन सक्ने कम्पनीले जनाएको छ । यो सेवा इसेवामार्फत फोनपे क्यूआर मर्चेन्ट संजालमा जोडिएका मर्चेन्टहरुका लागि मान्य हुने कम्पनीले जनाएको छ । यो सेवा उपयोग गरेको सेवा शुल्क लाग्ने कम्पनीले उल्लेख गरेको छ ।

नेपाल र भारतबीच क्रस बोर्डर पेमेन्ट सुरु भएसँगै भारतीय पर्यटकहरुले नेपालमा क्यूआरमार्फत सजिलै भुक्तानी दिन पाउने व्यवस्था भएको हो ।

प्रतिक्रिया