

एक हप्तामै २४ जनामा देखियो डेंगु

काठमाडौं- नेपालमा पछिल्लो एक हप्तामा २४ जनामा डेंगु पुष्टि भएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०२४ को दशौँ हप्तामा २४ जनामा डेंगु पुष्टि भएको हो ।
किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले याे वर्ष डेङ्गुको संक्रमण भइरहने बताए । डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेङ्गु संक्रमण पनि बढ्ने उनले बताए ।
यो लामखुट्टे सफा पानी र १८ डिग्री बढी तापक्रममा सक्रिय हुन्छ । गर्मी र बर्खा सिजनमा बढी सक्रिय हुने गर्दछ ।

