गाजामा युद्धविरामका लागि प्रयास जारी


गाजा पट्टी इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताएका छन्  ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान सहर रफाहमा इजरायली आक्रमणको खतराविरुद्धमा पनि चेतावनी दिए ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरूको  पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया