

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, ३ लुटेरा पक्राउ

रौतहट- रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली चलेको हो ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले साहलाई गोली प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई पक्राउ गरिएको बताइन् । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको उनले बताइन् ।
प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।

