माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा


काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि आजका लागि लागि बोलाइएको हो ।

सो बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा कोटेश्वरस्थित पेरिसडाँडामा बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा विधान अधिवेशनवाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने पनि जनाइएको छ ।

प्रतिक्रिया