सेनाका साखः सिपाही हरि गिरी, जो छन् पाँचौं ‘गिनिज बुक रेकर्ड’को तयारीमा


रेकर्ड भन्ने कुरा आफू पहिलो वा एकमात्र भएर राखिन्छ, चाहे त्यो विश्व वा देशमा होस् । यस धर्तीमा जन्म लिइसकेपछि जो कोहीलाई पनि केही गरौं, र केही नाम राखौं भन्ने भावना आइनै हाल्छ । त्यस्तै आफू, समाज र देशका लागि केही गरौं भन्ने भावना भएका एक सिपाही जो नेपाली सेनामा कार्यरत छन्, जो ५ विश्व रेकर्डको तयारीमा छन् ।

हरिचन्द्र गिरी– दाङमा जन्मिएर आफ्नो शिक्षा दीक्षापछि परिवार पाल्नकै नेपाली सेनामा भर्ना भएका एकजना यस्ता सिपाही छन्, जो विश्व गिनिज बुक अफ रेकर्डमा एउटामात्र होइन चार–चार वटा रेकर्ड राख्न सफल भइसकेका छन् भने पाँचौं रेकर्डको तयारीमा रहेका छन्, ती हुन्–हरिचन्द्र गिरी ।

नेपालको गौरवपूर्ण इतिहास बोकेको नेपाली सेनाको संगठनमा रहेर मुलुकको सेवा गरिरहेका गिरीले यसअघि विभिन्न क्षेत्रमा चारवटा विश्वकीर्तिमान राखेका अब गुड्ने अवस्थामा रहेको टायरमाथि स्किपिङ खेलेर पाँचौं विश्व रेकर्ड कायम गर्ने तयारीमा रहेका छन् ।

बुवा शालिकराम गिरी र आमा गोमा गिरीको कोखबाट दाङमा जन्मिएका हरिले अब पाँचौ रेकर्डका लागि टायरमाथि एक मिनेटमा १२२ पटक ‘स्किपिङ’ खेलेर विश्व कीर्तिमान राख्ने तयारीका साथ अभ्यास गरिरहेका छन् ।

गिनिज बुक रेकर्डमा पहिलो रेकर्डका लागि तयारी गरिरहेका गिरीको यस विधा ‘एक मिनेटमा सर्वाधिक धेरै टायरमाथि गरिने स्किपिङ’ गिनिज बुक अफ रेकर्डस्कै पहिलो बिधा हो । गिरीको यस टाइटलले यसअघि नै गिनिजबुक अफ रेकर्डस्बाट स्वीकृति पाइसकेको छ ।

गिरीले यसै वर्ष अर्थात् चैतभित्र उक्त रेकर्डका लागि स्किपिङ गर्ने तयारी गरेका छन् । प्रशासनिक कार्यमा केही कठिनाई भएता पनि उनी अपेक्षित समयमै उक्त रेकर्ड राख्नेमा विश्वस्त समेन छन् ।

हिमालयन रोडिसको सिजन ४ मा समेत सहभागि भएका गिरीलाई नेपाली सेनाका महासेनानी अच्युतम भण्डारीले सेनाको खेलकुद केन्द्रमा ल्याएर उनको प्रतिभालाई निखार्न एउटा जिम्मेवार संगठनले खेल्नुपर्ने भूमिकालाई पूरा गरेका थिए ।

नेपाली सेना जस्तो गौरवशाली इतिहास भएको संगठनका असल एवं असाधारण शक्ति र सन्तुलन रहेका गिरीले संगठन कार्यरत रहेकै अवस्थामा पनि आफूमात्र होइन संगठन र मुलुकलाई विश्वमाझ चिनाउन सकिने उदाहरण पेश गरेका छन् ।

यसअघि हातले टेकेर भ¥याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गरेका गर्दै विश्व रेकर्डको सुरुवात गरेका थिए । त्यसअघि स्विजरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्डलाई गिरीले आफ्नो नाममा कायम गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डको यात्रा सुरु गरेका थिए ।

एउटा रेकर्ड कायम गरेपछि मुलुकप्रतिको कर्तव्यका साथै आफ्नो लगनशीलताको उदाहरणस्वरुप त्यतिमै रोकिनु हुँदैन भन्ने सोच भएका गिरीले मे ४, २०२२ मा, आफ्नो नाममा थप रेकर्ड थपे । उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिड्ने नयाँ कीर्तिमान बनाए, यसलाई स्विफ्ट २५.५८ सेकेन्डमा पूरा गर्दै, झाङ शुआङको २६.०९ सेकेन्डको कीर्तिमानलाई थोरैले पछि पारे । र सोही बखत हरिले आफ्नो खुट्टाबीचको फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मिटर हिड्ने नयाँ कीर्तिमान पनि बनाए, जुन आश्चर्यजनक ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।

तीनवटा रेकर्ड कायम गरेपछि अर्को रेकर्डको भोका रहेका गिरीले केवल २५.०३ सेकेन्डमा हातमा ७५ वटा खुड्किलाहरू झर्ने सबैभन्दा छिटो एथलेटिक बन्दै चौथो विश्व रेकर्ड राखेका थिए ।

आफ्नो सिपाहीको हौसला बढाउनुका साथै संगठन र मुलुकको पहिचानका लागि गिरी कार्यरत संगठन नेपाली सेनाले पनि पूर्ण साथ दिएको उनको नतिजाबाटै देखिन्छ । कुनै पनि व्यक्तिले सफलता हात पार्नका लागि परिवारका साथै आफू संलग्न रहेको संस्था वा संगठनको साथ महत्वपूर्ण एवं अपरिहार्य हुन्छ । त्यसकुरामा संगठनले प्रमाणित गर्दै उनलाई अभ्यासका लागि आवश्यक पर्ने आधारभूत सामाग्रीका साथै समयको प्रबन्ध गरिदिएको छ । संंगठनकै साथ र सहयोगका कारण नै गिरीले अभ्यासका लागि प्रशस्त समय पाएका छन्, र एकपछि अर्को सफलता पाइरहेका छन् ।

एकपछि अर्को रेकर्डको भोका रहेका हरि आगामी दिनमा संगठनभित्र र बाहिरका आम युवाका लागि प्रेरणाका स्रोत बन्ने लयमा देखिएका छन् । सपनाका साथ दृढ विश्वास र मेहेनत चाहिन्छ भन्ने उक्तिका चरितार्थ बनेका छन् नेपाली सेनाका सिपाही हरिचन्द्र गिरी । उनलाई आगामी दिनको हाम्रो तर्फबाट पनि शुभकामना !

प्रतिक्रिया