पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो ।

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए ।

खनाल-राजदूतबिचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया