उपचार नपाएर सुत्केरीको मृत्यु


खोटाङ- उपचार नपाएर एक सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको सोमबार बिहान मृत्यु भएको हो ।

जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा सोमबार बिहान बाटैमा मृत्यु भएको हो ।

बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै सामान्य रूपमा छोरीलाई जन्म दिएकी थिइन् । स्वास फेर्न गाह्रो भएपछि उनलाई आइतबार जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया