महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड


जनकपुर – मुख्यमन्त्री लालबाबु राउतले १११औंँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा सम्पूर्ण महिलाको उत्तरोतर प्रगतिको कामना गर्दै बदलिँदो परिवेशमा तिनले पाउँदै गरेको सफलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री राउतले आगामी दिनमा पनि महिलाको सशक्तीकरण, रोजगारी, शिक्षालगायत क्षेत्रमा आफ्नो सरकारले शुरु गरेको अभियानमा प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छोरीहरूलाई साइकल प्रदान गर्न लागिएको कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन्।

उनका अनुसार आर्थिक वर्ष २०७७र०७८ मा प्रदेश सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। सोहीअनुसार आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साइककल वितरण कार्यक्रम सुरु गर्न लागिएको हो।

प्रतिक्रिया