

‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ, कसैले हराउन सक्दैन’

काठमाडौं- नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’ उनले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको पनि दाबी गरेका छन् ।

