‘किसानलाई काठमाडौँ आइज र आत्मदाह गर भन्न खोजेको हो ?’


काठमाडौं- राप्रपाका संसद दीपकबहादुर सिंहले किसानले दूधको भुक्तानी नपाएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भुक्तानी नपाएर किसानले दूध पोखिरहेको बताएका छन् ।

‘सरकार पैसा छैन भन्छ, किसानलाई काठमाडौँ आइज र आत्मदाह गर भन्न खोजेको हो’ उनले प्रश्न गरे । संसद विकास कोषमा रहेको ५ करोड किसानलाई भुक्तानी दिन उनले आग्रह गरे ।

उनले सरकारले मिटरब्याजी र ठगलाई  संरक्षण गरिरहेकोसमेत आरोप लगाए । ‘टाढाबाट जनता काठमाडौँ आएको छ पानीले बस्न दिएको छैन सरकार के हेरेर बसेको छ’, उनले प्रश्न गरे ।

 

प्रतिक्रिया