नुन किन्न नागरिकता दिनुपर्ने !


कालीकोट- कालीकोटमा नुन अभाव हुन थालेको छ । आपूर्ति व्यवस्था असहज भएपछि जिल्लामा नुन अभाव भएको हो । नुन किन्न सर्वसाधारणले नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने नियम बनाइएको छ ।

प्रति परिवार पाइने ११ किलो नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ किलो नुन प्राप्त गर्ने छन् ।

प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट पाउन थालेका हुन् ।

पलाँता गाउँपालिका–५ की अस्मिता बमले दुई दिन लगाएर ११ केजी नुन लिन सदरमुकाम मान्म आएको बताइन्  । उनले गाडी भाडा र खाना खर्च गरी तीन हजार रुपियाँभन्दा बढी खर्च भएको सुनाइन् ।

कालीकोटमा नुन लिन नेपाली नागरिकता अनिवार्य गरिएकोमा सर्वसाधारणले भने दुःख व्यक्त गरेका छन्  ।

नुनको कोटा कम र माग बढेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले नुन लिन आउनेलाई नागरिकता अनिवार्य गरेको बताएको छ  । ठेकेदारले ढुवानी नगर्दा नुन अभाव भएको बताइएकाे छ ।

प्रतिक्रिया