सर्वोच्चको फैसलापछि ओलीले बोलाए संसदीय दलको बैठक


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालगत्तै संसदीय दलको बैठक बोलाएका छन् । ओलीले पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने गरी सर्वोच्चको फैसलापछि ओलीले संसदीय दलको बैठक बोलाएको सचेत विशाल भट्टराईले बताए ।

‘एमाले भनेर होइन, सबै सांसदहरुलाई सूचना पठाइएको छ । केहीबेरमै बालुवाटारमा दलको बैठक बस्छ’, भट्टराईले भने । संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

आइतबारमात्रै सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नभई पूर्ववत अवस्थामा रहेको फैसला गरेको छ ।

 

प्रतिक्रिया