

आईतबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार १ सय ११ जनाको गरिएको पीसीआर परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

