प्रहरी प्रभागभित्रै गोली चल्यो, इन्स्पेक्टर प्रहरी नियन्त्रणमा


काठमाडौं — बलम्बुस्थित प्रहरी प्रभागभित्र गोली चलेको छ ।

प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट आइतबार साँझ गोली चलेको जनाइएको छ ।

उक्त गोली लागेर ‘बडीगार्ड’ घाइते भएको जनाइएको छ । इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको जनाइएको छ ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । साथै सोही घटनामा एक सर्वसाधारण पनि घाइते भएको जनाइएको छ ।

अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया