अपडेटः कपिलवस्तु दुर्घटनाका १० मृतक मध्ये ६ जनाको सनाखत


रूपन्देही – कपिलवस्तुमा भएको बस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये ६ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रौतहट औराही, ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सैनिक हल, ३ बस्ने कालिजंग गण गोरुसिगें कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

यस्तै कन्चनपुर भिमदत्त नगरपालिका,१ का २७ वर्षीय राहुलराम कामी, कन्चनपुर भिमदत्त ४, का २४ वर्षीय उमेश भण्डारी, कन्चनपुर भिमदत्त नगरपालिका, १६ वर्षीय सन्जु थापाको पहिचान खुलेको छ । अन्य ४ जनाको अझै पहिचान नखुलेको जिल्ला प्रहरीले जनाएको छ ।

घटनाका घाइतेको कपिलवस्तु र बुटवलका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया