


नेपाललाई दोस्रो झट्का, अनिल शाह पनि आउट

काठमाडौं — आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले दोस्रो झट्का झट्का ब्यहोरेको छ ।
पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले खेलको तेस्रो ओभरको पहिलो बलमा अनिल शाहलाई गुमाएको छ । शाह ८ रन बनाउँदै आउट भए ।
नामिबियासँग टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको थियो ।
नेपालले १२ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो । अहिले नेपालका कप्तान रोहित पौडेल र आशिफ शेख ब्याटिङमा रहेका छन् ।
नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

