

साताको पहिलो दिन ५ सय रुपैयाले बढ्यो सुनको मुल्य

काठमाडौँ – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज तोलमा ५०० ले वृद्धि भएको हो ।
शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैँयाले बढेर ८६ हजार १०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैँयाले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा १ हजार २५० मा कारोवार हुनेछ ।

