नेकपा अध्यक्षद्वय दाहाल-नेपालले भेटे सभामुख


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

आइतबार बिहान दाहाल-नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि उनीहरुले सभामुखलाई भेटेका हुन् । सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन ।

प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज (आइतबार) ४ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ४ गते गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।

 

 

प्रतिक्रिया