धारिलो हतियार प्रहार गरेर हजुरबुवा र नातिको हत्या


पश्चिम नवलपरासी- पश्चिम नवलपरासी सुस्तामा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

सुस्ता गाँउपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र निजका नाति ११ वर्षका गौचरण चमारको शव फेला परेको हो ।

उनीहरुको शरिरमा धारिलो हतियार प्रहा गरि हत्या गरेको पाइएकाले अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनीरुको गएराति हत्या भएको हो ।

अहिले तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ । मृतक चमारका एक छोरा, बुहारी र तीन जना नातिनातिना थिए । छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई ओटा बच्चा लिएर माइत गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया