घर लुट्न आएको समूहले १३ वर्षीया बालिकालाई पनि छाडेन


काठमाडाैं- महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सामा बालिकालाई चार जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मामा घरमा बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी १३ वर्षीया बालिकालाई लुटेराहरूले घरबाट १ किलोमिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेको सम्सी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विपिन बिहारीले बताए ।

मंगलबार राति चार जनाको घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई खेतमा लगेर बलात्कार गरेका उनले बताए । बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराएपछि शंकास्पद केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चार जनाको समूहमा रहेका लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

 

प्रतिक्रिया