सशस्त्रका चार डिआईजीको काज सरुवा


काठमाडौं – सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकका अनुसार चार जना डिआईजीको काज सरुवा गरेको हो ।

डिआईजी गणेश ठाडा मगरलाई बाग्मती प्रदेशमा पठाइएको छ भने दुर्गा भट्टराईलाई सुदूरपश्चिम सरुवा गरिएको छ ।

त्यस्तै प्रतिप पाललाई राष्ट्रिय सुरक्षा परिषद् र लक्षण सिंहलाई प्रधान कार्यालय काज सरुवा गरिएको हो ।

 

प्रतिक्रिया