ललितपुरबाट ब्राउन सुगर र पेस्तोलको गोलीसहित ४ जना पक्राउ


काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका- ७, चाँगाथलीबाट लागुऔषध ब्राउन सुगर र पेस्तोलमा लाग्ने गोलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चाँगाथलीका नन्दकुमार कन्दङ्वाको घरबाट उनीहरुलाई बुधबार दिउँसो १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा महालक्ष्मी नगरपालिका- ७ का ३१ वर्षीय सुरेश उप्रेती, सोही स्थानका लायेक लिम्बु, प्युठान घर भई भक्तपुर सिरुटार बस्ने मनोज थापा र भारत मधुवन घर भई काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता रहेका छन् ।

यश विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया