

‘अबको केही दिनमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह हामीले पाउँछाैं’

काठमाडौं – नेपाल कम्युनिष्ट्र पार्टीका दाहाल नेपाल समूहले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने विश्वास कायमै राखेका छन् ।
शनिबार खोटाङ-काठमाडौं सम्कर्प मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले अबको केही दिनमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफ्नो पार्टीले पाउने बताएका हुन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको विवाद समाधान हुन नदिएको आरोप समेत लगाएका छन् । नेपालले प्रधानमन्त्री ओलीले अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समधान हुन नदिएको आरोप लगाएका हुन् ।
‘अब केही दिनमा नै नेकपा र सूर्य चुनाव चिन्ह कस्को हो भन्ने फैसला हुन्छ । निर्वाचन आयोगले आधिकारिकता हामीलाई नै दिन्छ,’ नेपालले भने, ‘केपी ओली सडकमा पछारिने छन्।’

