

लिफ्टबाट लडेर इन्जिनियरको मृत्यु

पोखरा- पोखराको लेकसाइड खहरेचोकस्थित निर्माणाधीन घरको लिफ्टबाट खसेरइन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ ।
मंगलबार स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरमा सर्भेका क्रममा पुगेका उनी पाँचौँ तलाको लिफ्टबाट अचानक खसेका थिए ।
घाइते अवस्थामा पोखराकै गण्डकी मेडिकल कलेजमा पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।
पोखरा–८ रत्नचोकका ३७ वर्षीय भट्टराई न्युरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

